मगर संघ मलेसियाको अध्यक्षमा पुनः पुस्मिता ठाडा मगर, महासचिवमा वीर बहादुर सारु मगर निर्विरोध।

[ आरएन चौधरी थारु ] 

क्वालालम्पुर (मलेसिया):= नेपाल मगर संघ केन्द्रिय कार्यसमिति क्वालालम्पुर मलेसिया कार्यसमितीको आयोजनामा आयोजित ४१औं मगर दिवस तथा आफ्नो ८औं महाअधिवेशन र शुभकामना आदानप्रदान कार्यक्रम भब्य सम्पन्न भएको छ। कार्यक्रम संघका अध्यक्ष पुस्मिता ठाडा मगरको सभापतित्वमा यहीँ मिति सन् २०२३ मार्च १२ तारिख हिजो आईतवारको दिन क्वालालम्पुरमा अवस्थित एनआरएनएको सभाहलमा सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा पाल्नुभएको नेपाली राजदूतावास क्वालालम्पुर मलेसियाको महामहिम राजदूत डिल्लीराज पौडेलले मनतव्यको क्रममा ४१औं मगर दिवस र संघको महाधिवेशनको उपलक्ष्यमा सम्पुर्ण मगर समुदाय लगायत नेपाली जनसमुदायममा हार्दिक शुभकामना व्यक्त गर्नुभएको थियो।

महामहिम राजदूत डिल्लीराज पौडेलले मन्तव्य राख्नुहुँदै।

त्यस्तै कार्यक्रममा विशेष अतिथिको रुपमा पाल्नुभएको नेपाल आदिवासी जनजाती महासंघ मलेसियाको अध्यक्ष बिपिन राईले मनतव्यको क्रममा मगर समुदाय नेपालको कुल जनसंख्याको ७% जनसंख्या भएको तेस्रो ठूलो जाती,समुदाय  रहेको भएता पनि नेपालको कुनै पनि माथिल्लो संबैधानिक अंगमा पुग्न सक्नुले सिङ्गै आदिवासी समुदायनै दुखित रहेको र आगामी दिनमा राज्य बाट पाउनुपर्ने आफ्नो हक अधिकार पाउन र पूरा गर्न , गराउनलाई मगर समुदायमात्रै नभैई सिंङ्गो आदिवासी नेपाली समुदायनै एकजुट भएर लाग्नुपर्ने धारणा राख्नुभयो।

नेपाल आदिवासी जनजाती महासंघ मलेसिया अध्यक्ष बिपिन राईले मन्तव्य राख्नुहुँदै ।

साथै अध्यक्ष राईले हामी देशमा मात्रै नभई विदेशमा पनि कुनै जातजातिको मानिसहरुलाई भेदभाव नगरि सबै मिलेर सबै समुदायको चाडपर्व , दिवस एकजुट भएर मनाउनुपर्ने र विदेशमा कुनै नेपालीलाई भैपरि समस्या आएको खण्डमा सबैजना मिलेर सहयोग गर्नुपर्ने बताए।

त्यस्तै मगर संघ मलेसियाको संस्थापक पुर्व अध्यक्ष अहिलेको प्रमुख सल्लाहकार सुन्दर आले मगरले मलेसियामा मगर संघलाई अगाडि बढाउन यहाँ रहनुभएका सबै मगर दाजुभाइ दिदिबहिनी एकजुट भएर लाग्नुपर्ने भन्नुभयो । उहाँले मगर समुदायको युवा युवतीहरुले पैसा कमाउने मात्रै नभैइ आर्थिक क्षेत्रमा अगाडि बढ्नलाई आफू ले कमाएको पारिक्ष्रमिकबाट केहि रकम छुट्ट्याएर आईपिओ सेयर बजारमा पनि लगानी गर्नुपर्ने धारणा राखेका थिए। त्यसको लागि मलेसियाबाटै पनि आईपिओ भर्न सकिने र आवश्यक वैधानिक कागजात भए पुग्ने बताए।

समाजसेवी तथा ब्यावसायी सुन्दर आले मगरले मन्तव्य राख्नुहुँदै ।

कार्यक्रमको उदघाटन सभापति पुस्मिता ठाडा मगर र महासंघ मलेसियाको अध्यक्ष बिपिन राईले संयुक्त रुपमा पानसमा बति बालेर गर्नुभएको थियो, भने कार्यक्रम संचालन राम प्रसाद पुन मगरले गर्नुभएको थियो। कार्यक्रममा स्वागत गीतमा राधा मगर थारुले नृत्य प्रस्तुत गरेकी थिइन् भने अन्य स्थानीय कलाकारहरुले समेत मनमोहक नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई थप सांगीतिकमय बनाएका थिए।

कार्यक्रम संचालन गर्नुहुँदै राम प्रसाद पुन मगर ।

कार्यक्रम उदघाटन

साथै नेपाल मगर संघ मलेसियाको ८औं महाधिवेशनबाट नयाँ कार्यसमिती समेत चयन भएको छ। नयाँ कार्यसमितीको अध्यक्षमा पुनः पुस्मिता ठाडा मगरनै निर्विरोध निर्वाचित हुनुभएको हो। साथै पुस्मिता ठाडा मगरको नेतृत्वमानै अन्य सबै पदाधिकारीहरु पनि निर्विरोधनै निर्वाचित हुनुभएको हो। निर्वाचित सम्पुर्ण नव पदाधिकारीलाई नेपालबाट भिडियोकल भर्चुअलमार्फत सपथ ग्रहण गराएका थिए।

मगर संघ मलेसियाले मलाया खबर मलेसिया प्रतिनिधि सम्पादक आरएन चौधरी थारु लाई सम्मानित गर्नुहुँदै ।

कार्यक्रममा मिडिया पार्टनरको भुमिका निभाएर सूचना र समाचारको माध्यमबाट नेपाल मगर संघ मलेसियाको विभिन्न कार्यक्रम र गतिविधिलाई प्रसारण , प्रकाशन गरि सघाउ पुर्याएकोमा मलाया खबरको मलेसिया प्रतिनिधि आरएन चौधरी थारुलाई सम्मानपत्र प्रदान गरि सम्मान गरिएको थियो, भने स्थानीय कलाकारहरुलाई समेत सम्मानपत्र प्रदान गरिएको थियो।

तल हेर्नुहोस् नयाँ निर्वाचित पदाधिकारीहरुको नमावली :
प्रमुख सल्लाहकार : सुन्दर आले मगर
अध्यक्ष- पुस्मिता ठाडा मगर , वरिष्ठ उपाध्यक्ष – संजय मगर ,  उपाध्यक्ष – ओकिल थापा मगर , उपाध्यक्ष – टंक दर्लामी मगर,  महिला उपाध्यक्ष – लिजा समाल मगर , महासचिव – वीर बहादुर सारु मगर, सचिब – दिलिप सोमै मगर , सङगठन बिभाग तथा प्रवत्ता – राम प्रसाद पुन मगर , सांस्कृतिक बिभाग- ॠषि राना मगर , कोषाध्यक्ष – अनिता आले मगर , सह-कोषाध्यक्ष – बिना थापा मगर निर्विरोध निर्वाचित हुनुभएको हो।

त्यस्तै सदस्यहरु क्रमशः निसान थापा मगर , रत्न बहादुर थापा मगर , किसोन पुलामी मगर , सोनाम पुवर मगर , श्याम राना मगर , हुकुम थापा मगर , ज्ञान बहादुर राना मगर , निर्मला दर्लामी मगर , राजु राना मगर , अनुप बराल राना , माया कुमारी गुरुङ्ग राना मगर , बाबुराम थापा मगर , मेन बहादुर थापा मगर , कमल सोमै मगर , रमिला खुलाल मगर ,  धन बहादुर राना मगर निर्विरोध निर्वाचित हुनुभएको हो।