एजेन्सी (मुम्बई):= बलिउड अभिनेत्री दीपिका पादुकोण ओस्कर अवार्डमा कार्यक्रम प्रस्तुत गर्ने हुनुभएको छ । सोमबार हुने ९५ ओस्करमा उहाँको नामसमेत कार्यक्रम प्रस्तोताको सूचीमा छ ।
उहाँले हलिउड स्टारहरू रिज अहमेड, इमिली ब्लन्ट, ड्वाने जोनसन, जोइ सलडाना र माइकल बी जोर्डनसँग डब्ली थिएटर लस एञ्जेलेसमा स्जेट साझा गर्नुहुने छ ।
३७ वर्षीया पादुकोणले सन् २०१७ मा ट्रिपल एक्स : रिटर्न अफ जेन्डर केजबाट हलिउडमा डेब्यु गर्नुभउको थियो । यसअघि ओस्करले प्रियंका चोपडाले सन् २०१६ मा यो अवसर दिइसकेको छ ।
पादुकोण अहिले बलिउडकै सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री हुनुहुन्छ । उहाँको पछिल्लो चलचित्र शाहरूख खानसँगको ‘पठान’ले बलिउड बक्स अफिसमा राम्रो कलेक्सन गर्न सफल भएको छ ।




















