नेपाल मगर संघ मलेसियाको ८औं अधिवेशन, मगर दिवस कार्यक्रम आईतवार हुने।

क्वालालम्पुर (मलेसिया):= नेपाल मगर संघ केन्द्रिय कार्यसमिति क्वालालम्पुर मलेसियाले ४९औं मगर दिवस तथा आफ्नो ८ औं अधिवेशन शुभकामना आदानप्रदान कार्यक्रम भब्य रुपले आयोजना गरि मनाउने भएको छ।

सो कार्यक्रम यहीँ मिति सन् २०२३ मार्च १२ तारिख आईतवारको दिन क्वालालम्पुरमा अवस्थित एनआरएनएको सभाहलमा दिउँसो १२:०० बजेदेखि आयोजना सुरु हुनेछन्।

साथै सो कार्यक्रममा स्थानीय कलाकारहरुले मगर संस्कृति , परम्परा झल्किने विशेष सांगीतिक प्रस्तुति समेत पस्किने आयोजक संस्थाको तर्फबाट वीर बहादुर सारु मगरले मलाया खबरलाई बताउनुभयो।

मलेसियामा विभिन्न ठाउँ लगायत कुना-कुनामा छरिएर बसोबास गरिरहनु भएका सम्पुर्ण मगर समुदायका दाजुभाइ तथा दिदिबहिनीहरुलाई आईतवार हुने सो कार्यक्रममा उपस्थितिको लागि आयोजक संस्था मगर संघ मलेसियाले हार्दिक अनुरोध सहित सार्वजनिक निमन्त्रणा गर्नुभएको छ।