नेपाली क्रिकेट टोली युएईको लिग सकिएपछि स्वदेश फर्कियो।

काठमाडौ:= आईसीसी विश्वकप लिग टू अन्तर्गतको सिरिजमा सहभागी हुन यूएई गएको नेपाली टोली मंगलबार स्वदेश फर्केको छ। लिग टू सिरिजको आफ्नो अन्तिम विदेशी त्रिकोणात्मक सिरिज खेलेर नेपाली टोली स्वदेश आज स्वदेश फर्केको हो ।

यूएई भ्रमणका क्रममा खेलेको चार मध्ये तीन खेलमा जित हात पारेको नेपालले पपुवा न्यु गिनी (पीएनजी) र घरेलु टोलीसँग समान २ र २ खेल खेलेको थियो । नेपालले पीएनजीसँगको दुई नै खेल तथा घरेलु टोलीसँगको एक खेल जितेको थियो ।

नेपालले पपुवान्युगिनी र यूएईसँग नै घरेलु मैदानमा आईसीसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम सिरिज खेल्दैछ। नेपालसँगै यूएई पनि सिरिजका लागि आज नै नेपाल आइपुगेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा आयोजना हुने शृंखलाको पहिलो खेलमा नेपालले मार्च ९ (फागुन २५) मा पपुवा न्युगिनीसँग खेल्नेछ। मार्च १२ (फागुन २८) मा यूएईसँग नेपालले दोस्रो खेल खेल्नेछ ।

मार्च १३ (फागुन २९) मा पपुवा न्युगिनीसँग नेपालले पुनः खेल्नेछ । विश्वकप लिग टुको अन्तिम खेल मार्च १६ (चैत २) मा नेपाल र यूएईबीच हुने छ ।