फागु पुर्णिमा, महिला दिवसको अवसरमा सोमबार र बुधबार नेपाली दूतावास बन्द रहने।

क्वालालम्पुर (मलेसिया):= यहीँ मिति २०७९ साल फाल्गुन २२ गते अर्थात सन् २०२३ मार्च ६ तारिख सोमबारको दिन फागु पुर्णिामा (होलि) पर्व र मिति २०७९ फागुन २४ गते सन् २०२३ बुधबार ८ तारिख अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाल सरकारले दिइएको सार्वजनिक विदाको अवसरमा मलेसिया स्थित नेपाली राजदूतावास बन्द रहने भएको छ्।

सोमबार र बुधबार परेको सो चाडपर्वको शुभ अवसरमा नेपाली राजदूतावासबाट प्रभाव हुने सम्पुर्ण कन्सुलर सेवाहरु समेत बन्द रहने दूतावासले एक सुचना सार्वजनिक गरि जनाएको छ।

नेपाली दूतावासले सामाजिक संजाल फेसबुक र आफ्नो वेबसाईटमार्फत सार्वजनिक गरेको सूचना ।

तर आकस्मिक सेवा लिनको लागि यस अवधिमा राजदूतावासको हटलाईन नम्बर ०१६-२४७२७७७ मा सम्पर्क गर्न सकिने छ। साथै यस दूतावासका २०७९ सालको बिदा सम्बन्धी सम्पूर्ण जानकारी हाम्रो वेबसाइटको तल दिइएको लिंकमा हेर्न सकिने समेत दूतावासले अनुरोध गरेको छ ।
https://my.nepalembassy.gov.np/public-holidays/
http://my.nepalembassy.gov.np

साथै दूतावासमा नयाँ राहदानीहरु वितरणका निम्ति तयार भएर आएका छन्। कृपया तलको लिंकमा गएर आफ्नो पासपोर्ट आएको/ नआएको चेक गर्न सक्नुहुन्छ । र विदा बाहेकको दिनमा दूतावासमा आएर उपस्थित भएर आफ्नो पासपोर्ट लिएर जान सक्नुहुनेछ।
https://my.nepalembassy.gov.np/passports/

New passports are ready to collect. Please click on the link to check. Please also kindly note that the Embassy shall be closed on Monday 6 March 2023 on the occasion of Holi and on Wednesday 8 March 2023, on the occasion of International Women’s Day.