विराटनगर:= प्रदेश नम्बर १ को नाम ‘कोशी प्रदेश’ हुनुपर्ने नेकपा एमालेको प्रस्ताव दुई तिहाई मतभन्दा बढी मतले पारित भएको छ । प्रदेशको नाम कोशी प्रदेश हुनुपर्ने नेकपा एमालेले संसद सचिवालयमा आज बिहान दर्ता गरेको थियो ।
उक्त प्रस्तावको पक्षमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र राप्रपाले समर्थन गरेका हुन्। उक्त प्रस्तावमा मत विभाजन हुँदा सभामुख बाहेक ९२ जना सांसदमध्ये पक्षमा ८२ मत र विपक्षमा ४ मत प्राप्त गरेको छ । ६ जना सांसद अनुपस्थित रहेका थिए। नामकरणका विषयमा मत विभाजन हुँदा पत्रकारहरुलाई प्रदेश सभा भवनबाट बाहिर निकालिएको थियो।




















