मुम्बई:= बलिउडको सुपरस्टार शाहरुख खान अभिनित फिल्म पठानले १ हजार २० करोडको ब्यापार गरेको छ। यशराज फिल्मसद्धारा निर्मित पठानले हिन्दी सिनेमा उद्योगमा सबैभन्दा बढी कलेक्सन गरेर रेकर्डसमेत बनाएको छ ।
गत जनवरी २५ मा रिलिज भएको उक्त सिनेमामा शाहरुखाको सहित दिपिका पादुकोण, जोन अब्राहमलगायत छन्। झन्डै ४ बर्ष पछि फर्केका शाहरुखनलाई मात्रै होइन, दक्षिणी भारतीय फिल्मले दिएको दबाबलाई पनि यो फिल्मले बलिउडलाई समेत राहत दिएको छ । फिल्म ब्लकब्लस्टर भए पछि पठानको सिक्वेल बन्ने भएको छ ।




















