पोखरा := नाबालिग युवती बलात्कार मुद्दामा बिगत एक बर्षदेखि तनहुँ कारागारमा जेलमा रहेका कलाकार पल शाह आज छुट्दैछन्। जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखराले आइतबार सफाइ दिए पछि कलाकार शाह आज छुट्न लागेका हुन ।
जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि पलले गरेको पुनरावेदनमा उच्च अदालत पोखरालेले अभियोग दावी नपुग्ने ठहर गरेको थियो । उच्च अदातल पोखरामा न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजालासले उनी बिरुद्धको अभियोगमा दावी नपुग्ने ठहर गरेको हो ।
नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो । त्यसको बिरुद्ध उनी उच्च अदालत गएका थिए । यसअघि उनले तनहुँ जिल्ला अदालतबाट सफाई पाई सकेका छन ।
नावालिगमाथि बलात्कार गरेको आरोपमा उनी गत बर्ष पक्राउ परेका थिए । आरोपी बालिकाले शाहमाथि झुटा मुद्धा भएको भन्दै अदालतमा बकपत्र गरेकी छिन्, मुद्दा फिर्ता लिएकी छिन्। उच्च अदालतको आदेशसँगै शाह आज स्वास्थ्य परिक्षण गरी तनहुँ जिल्ला अदालतवाट छुट्ने तनुहँ कारागार प्रशासनले जनाएको छ ।




















