काठमाडौं := नेपाल सरकारको उप-प्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा कलंकी-चक्रपथ सडक विस्तारको काम अघि बढाउने पहलस्वरुप सम्बन्धित निकाय स्थलगत निरीक्षण गरेका छन ।
चिनिया सहयोगमा बिस्तार हुनलागेको कलंकी-स्वयम्भू-गोंगबु-महाराजगन्ज चक्रपथ सडक खण्डको सम्बन्धित निकायद्वारा आज बिहान स्थलगत निरीक्षण गरिएकाे हाे । निर्माण सुरु हुनुअघि निर्माण प्रक्रियाका प्राथमिकताबारे जानकारी लिन स्थलगत निरीक्षण भयको हो। बिहान नौ बजे कलंकीको मकालु पेट्रोल पम्प अगाडि बाट निरीक्षणका शुरू भयको थियो ।
निरीक्षणमा मन्त्री श्रेष्ठ सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ तथा नेपालका लागि चिनिया राजदुत चेन साेङलगायत सम्बन्धित निकायका प्रतिनिधि र निर्माण सम्बद्ध प्राविधिज्ञहरूले स्थलगत निरीक्षण गरेका थिए ।




















