भक्तपुरमा भेटियो बर्डफ्लु, ११ हजार कुखुरा र चल्ला नष्ट गरियो।

भक्तपुर:= भक्तपुरका कुखुरामा बर्डफ्लु भेटिएको छ । चाँगुनारायण नगरपालिका–८ सुडालको रातोपाटीस्थित तीन वटा कुखुरा फार्ममा पालिएका कुखुरामा बर्डफ्लु भेटिए पछि आज कुखुरा, चल्ला, अण्डा र दाना तथा अन्य पदार्थ नष्ट गरिएको छ ।

रातोपाटी स्थित तीन फार्ममा पालिएका कुखुरामा बर्डफ्लु देखिएको पशुसेवा विभागले जनाएको छ । विभागका अनुसार सो स्थानमा सञ्चालनमा रहेका चाँगुनारायण पोल्ट्री एण्ड ह्याचरी उद्योग प्रालि, अर्जुन गिरी पोल्ट्री फार्म र आदित्य पोल्ट्री फार्ममा पालिएका कुखुरामा बर्डफ्लु भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए ।