
काठमाडौं:= चालू आर्थिक वर्षमा अति आवश्यकीय वस्तुमा पर्ने मुख्य खाद्यान्न बालीको आयात उच्च दरले घटेको छ। यो वर्ष समग्र आयातमा २०.७ प्रतिशतले गिरावट आएको छ । त्यसअनुसार अधिकांश वस्तुको आयात कम हुनु स्वाभाविकै हो।
तर, आवश्यकीय वस्तुमा पर्ने मुख्य खाद्यान्न बालीहरुको समेत आयात घट्नुले अवैध व्यापारले प्रश्रय पाएको हो कि भन्ने शंका उब्जाएको छ। आयात घटेका प्रमुख खाद्यान्न बालीको आन्तरिक उत्पादन पनि धेरै नबढेको अवस्थाले अवैध व्यापारलाई झनै शंकाको घेरामा ल्याएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको तथ्यांक अनुसार चालू आवको ६ महिनामा चामल, मकै र गहुँ लगायतका बालीको आयात घटेको छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।



















