बिराटनगर := संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल एयरलाइन्स डुबेको आफूले हेरेर बस्न नसक्ने बताउनु भएको छ । सोमबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किरातीले नेपाली जहाजहरु नाफामा चल्नुपर्ने भन्दै नेपाल एयरलाइन्स डुबेको हेरेर आफू बस्न नसक्ने बताउनु भयो ।
नेपाली जहाजहरु दैनिक न्यूनतम १५ घण्टा चल्नुपर्ने बताउँदै उहाँले नेपालमा बनेका विमानस्थल पूर्णरुपमा चलाउन कार्ययोजना मागेको बताउनु भयो। अर्बौं रुपैयाँको लगानीमा बनेका विमानस्थललाई प्रयोगविहीन हुन दिन नहुने भन्दै उहाँले विमानस्थल सञ्चालनका लागि नीतिगत रुपमा पहल गर्ने जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय उडान र रुटको कूटनीतिक पहल सुरु गरेको जानकारी दिँदै उहाँले नयाँ जहाज किन्ने बारेमा आफूलाई कुनै पनि जानकारी नभएको दाबी गर्नुभयो ।




















