प्रधानमन्त्री प्रचण्ड र काठमाडौं महानगरका मेयर बालेन साहबीच भेटवार्ता।

काठमाडौं:= प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काठमाडौं महानगरका मेयर बालेन साहबीच भेटवार्ता भएको छ। सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर मेयर बालेनले प्रचण्डसँग भेटवार्ता गर्नुभएको हो ।

भेटमा उहाँहरूबीच राजनीतिक तथा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । पछिल्लो समय बालेनले डोजर आतंकले उपत्यकावासीहरू आन्दोलनमा उत्रिएका छन् ।

निजी सम्पत्तिमा महानगरले क्षति पुर्याएकोमा आन्दोलनसमेत भएको छ। साहले महानगरका कामकारबाहीमा संघ सरकारबाट हुनुपर्ने सहयोगको अपेक्षासमेत राखिरहनुभएको छ। साहले सुकुम्बासी बस्ती हटाउन संघ सरकारको सहयोगसमेत माग गर्दै गृह मन्त्रालयमा केही समयअघि पत्रसमेत पठाउनुभएको थियो ।