[ दिनेश खड्का खप्तडी ]
क्वालालम्पुर (मलेसिया):= बझाङ केदा रस्युँ गाउँपालिका वडा नं ४ बखेतका कृष्ण बहादुर भारती,राजदूतावास मलेसिया को समन्वयमा,जनउद्वार केन्द्र मलेसिया र सुदूरपश्चिमेली नेपाली समाज मलेसिया को सहयोगमा स्वदेश फर्किएका छन। हिजो शनिबार मलेसियाको स्थानीय समय अनुसार साझ ०६:१५ बजे हिमालयन एयरलाइन्स मार्फत स्वदेश फर्किएका हुन्।
केहि हप्ता अघि पेनाङ्गको एक सडक पेटीमा पीडाले छटपटाई रहेको अवस्थामा भेटिएका भारती लाई जनउद्वार केन्द्र मलेसियाका अध्यक्ष केशु थापाले बि एम अस्पताल पेनाङ्गमा भर्ना गराएका थिए।

गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष बिनोद कुमार थापाले भारतीको बिषयमा नेपाली राजदूतावास मलेसिया लाई जानकारी गराए पश्चात् नेपाली राजदूतावास मलेसियाका प्रथम सचिव तथा सूचना प्रमुख प्रतिक कार्कीको नेतृत्वमा गएको टिमले अस्पतालमा पुगि उनको स्वास्थ्य अवस्था बुझेर उपचारमा थप सहजिकरणको लागि अस्पताल व्यवस्थापन समिति सँग भेटघाट गरेका थिए।

यस्तै सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका संस्थापक समेत रहेका टेक बहादुर बुढा,महासचिव शिव बहादुर ऐर ले उपचार्थ कृष्ण बहादुर भारतीको स्वास्थ्य अबस्था बुझ्न अस्पताल पुगेका थिए।
भारतीको उपचारमा लागेको सम्पुर्ण खर्च नेपाली राजदूतावास मलेसियाको पहलमा गरिएको थियो भने मलेसियान अध्यागमन मा तिर्नु पर्ने जरिवाना मलेसियान तिन हजार एक सय रिङगेट कृष्ण बहादुर भारती का परिवारले नेपाल बाट जम्मा गराएका हुन्।यस्तै मलेसिया देखि काठमाडौं हुदै घर सम्म को हवाई टिकट खर्च सुदूरपश्चिमेली नेपाली समाज मलेसियाले गराएको केन्द्रिय कोषाध्यक्ष तिल बहादुर चन्दले बताए।

यसैगरी पेनाङ्ग अस्पताल बाट एर्पोट सम्मको यातायात खर्च जनउद्वार केन्द्र मलेसियाले गरेको हो। १४ बर्ष अघि रोजगारीको सिलसिलामा मलेसिया आएका भारती दश बर्ष देखि अबैधानिक रुपमा काम गर्दै आएका थिए।
स्वदेश फिर्ता गराउन अहोरात्र खटिएका सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका संरक्षक समेत रहेका टेक बहादुर बुढा आफै कृष्ण बहादुर भारतीलाई स्वदेश पठाउनको लागि बिमानस्थल सम्म पुगेका थिए।



















