क्वालालम्पुर (मलेसिया):= मलेसियामा २२ तारिखदेखि आज २४ तारिखसम्म परेको चाइनिज नयाँ बर्षको सार्वजनिक विदाको अवसरमा आयोजना भएको ‘रिमिक्स धमाका-१४’ सांगीतिक कार्यक्रम जोहोरबारुको बातुपहात र चेम्बरलेङ्गमा उल्लेख्य दर्शकको सहभागीतासहित सभ्य भब्य रुपमा सम्पन्न भएको छ।
‘रिमिक्स धमाका-१४’ कार्यक्रम पहिलोदिन आईतवारको दिन पातुपहातमा आयोजना भएको थियो , भने दोस्रो दिन सोमबार चेम्बरलेङमा आयोजना भएको थियो। त्यस्तै आज तेस्रो दिन मंगलबार राजधानी क्वालालम्पुरमा एक्सक्लुसिभ-सो साझ ०५:०० बजेदेखि आयोजना हुने आयोजक जिरो माइलको तर्फबाट राजेश क्ष्रेष्ठले जानकारी दिनुभयो।
आज क्वालालम्पुरको ग्रेण्ड कन्टिनेन्टल होटलमा आयोजना हुने एक्सक्लुसिभ- सो को टिकटको मुल्य आरएम २५० रिंगेट तोकिएको छ । सोही टिकटको मुल्यभित्रमै सांगितिक मनोरञ्जन लिनुको साथै भरपुर रुपमा (unlimited) ब्राण्डेड दारु रक्सी , नेपाली खानाको परिकार खान र पिउनको समेत ब्यवस्था गरिएको आयोजक क्ष्रेष्ठले बताए।

कार्यक्रममा नेपालबाट आमन्त्रित नेपाली कलाकारहरु क्रमशः ख्यातीप्राप्त गायक–गायीकाहरु आनन्द कार्की, खेम सेञ्चुरी, प्रीति आलेमगर तथा डान्सर अन्जली अधिकारी र प्रिती पासवान , त्यस्तै बाल गायक जेनिस उप्रेती लगायत कलाकारहरुले विशेष सांगीतिक प्रस्तुति दिइरहेका छ्न।
रिमिक्स धमाका कार्यक्रमको टिकट प्रभु-पे एप्समार्फत पनि किन्न सकिने र तलको क्युआर कोड स्क्यान (Scan) गरेर समेत टिकट खरिद गर्न सकिनेछ्न। साथै ग्रेण्ड कन्टिनेन्टलको लबिमा आएर पनि टिकट खरिद गर्न सकिने जानकारी दिदै संयोजक श्रेष्ठले मलेसियामा रहेका सम्पूर्ण नेपालीलाई कार्यक्रममा उपस्थित हुन , सहभागिताका लागि अनुरोध गर्नुभएको छ।

तलको फोटोमा दिइएको ह्वाट्सएप क्युआर कोडलाई स्क्यान गरेर कार्यक्रमको टिकट खरिदको साथै आवश्यक जानकारी लिन सक्नु हुनेछ्। साथै ग्रेण्ड कन्टिनेन्टल होटलमा पुग्न तलको गुगल दिइएको नामसहितको लोकेशनमा क्लिक गरि ग्रेब गरेर पुग्न सक्नुहुनेछ।
ग्रेण्ड कन्टिनेन्टल होटल क्वालालम्पुर





















