काठमाडौं := काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध माघ १५ गते सडक विस्तार पीडित संघर्ष समितिले माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएको छ । मेयर बालेनका कारण काठमाडौंबासी त्रासमा रहेको र मेयर बालेन स्वेच्छाचारी एवै निरंकुश बन्दै गएका कारण उनीविरुद्ध आन्दोलनको तयारी गरिएको समितिले जनाएको छ।
उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिको संयोजनमा उक्त प्रदर्शन गर्न लागिएको हो। प्रदर्शनमा उपत्यकाभरिकै सडक विस्तार पीडितलगायत मेयर साहका विभिन्न कार्यका कारण मारमा परेका पीडितहरुको सहभागिता रहने बताइएको छ ।




















