मलेसियामा अवैधानिक विदेशी श्रमिक वैधानिक बन्न पाउने कार्यक्रम जनवरी २७ तारिखदेखी सुरु हुँदै।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर (मलेसिया):= मलेसिया सरकारले पुनः रिक्यालिब्रेसन कार्यक्रम (२.०) सुचारु गर्ने भएको छ। यो कार्यक्रम अन्तरगत मलेसियामा अवैधानिक (इलिगल)  हैसियतमा कार्यरत विदेशी कामदारहरुले वैधानिक (लिगल)  बन्न पाउने र सुरक्षीत रुपमा काम गर्न पाउने भएका छ्न।

मलेसियामा केहि महिना अगाडि मात्रै गठित अहिलेको नयाँ सरकारले मलेसियामा रहेका अवैधानिक विदेशी कामदारहरूको लागि पुन: रिक्यालिब्रेसन कार्यक्रम यहीँ जनवरी २७ तारिखदेखि लागु भैइ यस वर्षको डिसेम्बर अन्तिम महिनासम्म सुचारु रहने सरकारको गृहमन्त्री दातोक श्री सैफुद्दीन नासुशन इस्माइलले बताए।

मलेसियन अध्यागमन बिभाग (इमिग्रेशन) ले जारी गरेको प्रेस बिज्ञप्ति हेर्नुस् ।

पुनः रिक्यालिब्रेशन कार्यक्रम गत वर्ष सन् २०२२ को डिसेम्बर ३१ मा सकिनु पर्ने थियो तर अहिलेको नव गठित मन्त्रिपरिषद्को बैठकले यो कार्यक्रम यस् बर्ष सन् २०२३ को डिसेम्बर अन्त्यसम्म लम्ब्याउने सहमति गरेको हो”  ‘यस कार्यक्रमले मुलुकमा विभिन्न क्षेत्रमा देखा परेको श्रमिक अभावलाई कम गर्न सकिन्छ भन्ने हामीले विश्वास पाएका छौँ गृहमन्त्री दातोक श्री सैफुद्दीन नासुशन इस्माइलको भनाई छ।

यो पुन: क्यालिब्रेसन कार्यक्रम अन्तर्गत, निर्माण, उत्पादन, वृक्षारोपण, कृषि र सेवा जस्ता निश्चित क्षेत्रहरूमा उचित कागजात बिना अवैधानिक विदेशी कामदारहरूलाई काममा राख्ने रोजगारदाताहरूले आफ्ना कामदारहरूलाई “कानूनी” रुपमा वैधानिक बनाउन सक्नेछन् , जसको लागि सरकारलाई तोकेको शुल्क तिर्नुपर्नेछ।

गृहमन्त्री दातोक श्री सैफुद्दीनका अनुसार गत बर्षसम्ममा विदेशी कामदारको पुन: क्यालिब्रेसन कार्यक्रमबाट सरकारी राजस्वमा रु.७०० मिलियनभन्दा बढी आम्दानी भएको थियो।
“त्यहीँ भएर हामी उचित कागजात बिना काममा लगाएका कामदारहरूसँग रोजगारदाताहरूलाई सुविधा दिनेछौं,” गृहमन्त्री सैफुद्दिनले थप्दै भने।