मलेसियामा म्यानपावर र रोजगारदाता कम्पनीको कारण अलपत्र नेपालीहरु स्वदेश फर्किदै: नेपाली दूतावास।

[ आरएन चौधरी थारु ] 

क्वालालम्पुर (मलेसिया):= मलेसिया रोजगारीमा आएर म्यानपावर कम्पनी र रोजगारदाता कम्पनीको कारण अलपत्र अवस्थामा रहेका १३ जना नेपाली कामदार नागरिकहरु स्वदेश फर्किदैछ्न ।

मलेसियास्थित नेपाली राजदूतावासद्वारा उद्धार गरिएका १३ मध्ये ६ जना आज जनवरी १० तारिख आज स्वदेश फर्किन लागेका हुन। त्यस्तै बाँकी ७ जना १३ जनवरीमा नेपाल फर्किने दूतावासले एक सूचना सार्वजनिक गरि जनाएको हो।

ति १३ जना कामदारहरु मलेसियाको प्लान्टेशन क्षेत्रमा काम गर्दै आएका थिए । (PRS FOREST  MANAGEMENT) मा काम गर्दै आएका उनीहरूले करार सम्झौता अनुसार काम तथा तलब र अन्य सेवा सुविधा नदिएको भन्दै दूतावासमा उजुरी गरेका थिए ।

सोही आधारमा दूतावासले २५ डिसेम्बर २०२२ र २८ डिसेम्बर २०२२ मा रोजगारदातालाई पत्राचार गरेको थियो । तत्पश्चात् उनीहरूलाई मलेसिया पठाउने नेपाली कम्पनी त्रिवेणी एच.आर सोलुसन र ग्लोबल रिक्रुटमेन्ट प्रा.लि. म्यानपावरका मलेसियामा सम्बन्धित एजेन्ट प्रतिनिधि रामबहादुर रोकाको रोहबरमा ३० डिसेम्बर २०२२ मा छलफल गरिएको थियो ।

छलफलपछि उनीहरूले आफूहरू नेपाल फर्किने बताएका थिए। सोही बमोजिम उनीहरूलाई नेपाल फर्कन आवश्यक पर्ने मलेसियाली अध्यागमन विभागको चेक आउट मेमो र हवाई टिकटको व्यवस्था गर्ने बताएको थियो । साथै उनीहरू नेपाल नफर्किँदासम्म बस्ने र खाने व्यवस्था कम्पनीले नै गरेको छ ।

मलेसियास्थित नेपाल राजदूतावासले सार्वजनिक गरेको सूचना

त्यस्तै यता नेपालबाट खोजी रेक्रुटमेन्ट सर्भिस प्राइभेट लिमिटेड (KHOJI RECRUITMENT SERVICES PVT. LTD.) म्यानपावरमार्फत गत बर्ष सन् २०२२ को सेप्टेम्बर महिनामा मलेसियाको (HONG TZE ENTERPRISE SDN BHD) नामक कम्पनीमा काम गर्न आएका १९ जना नेपाली श्रमिकहरु कम्पनीले खटाएको काम नगरेको भन्दै कामबाट  निकालिएका थिए।

लगत्तै ति श्रमिकहरुले उद्दारको लागि सामाजिक संजालमा हारगुहार मागेका थिए, सोही अनुरुप उद्दार भएर स्वदेश फर्किन लगेका हुन्। अलपत्र रहेका ति नेपाली श्रमिकहरुले कम्पनीले आफू लगायत कामदारहरुलाई कम्पनी परिसरभित्र कुटपिट गर्ने गरेको आरोप लगाउदै आएकाछ्न।

दूतावास र म्यानपावर कम्पनी संगै रोजगारदाता कम्पनीका प्रतिनिधिबीच भएको छलफलपछि ९ जना नेपाली स्वदेश फर्किसकेका छन् । त्यस्तै ७ जना नेपाली कामदारलाई ११ जनवरीमा नेपाल फर्किने व्यवस्था मिलाइएको छ । बाँकी १२ जनाले घर जाने कि कम्पनीमै काम गर्ने ? के गर्ने भन्ने निर्णय लिइनसकेको दूतावासले जनाएको छ। उनीहरूकै निर्णयको आधारमा सोही अनुरुपनै व्यवस्था मिलाइने दूतावासको भनाइ छ ।

छलफलको क्रममा नेपाल फर्कन चाहने नेपाली नागरिकहरूलाई तुरुन्त घर फर्काउने र काममा फर्कन चाहनेलाई सुरक्षित कार्य वातावरणको प्रत्याभूति गराउने सहमति भएको दूतावासले जनाएको छ।

साथै मलेसियामा रहेका नेपाली कामदार नागरिकहरुका हकहित संरक्षणका निम्ति नेपाली राजदूतावास सदैव तम्तयार रहेको हुँदा यस किसिमका कुनैपनि घटनाको बारे मिडियाले  समाचार सम्प्रेषण गर्दा यस राजदूतावासलाई समेत सम्पर्क गरी सम्पूर्ण तथ्यहरु यकीन गरी मात्रै सम्प्रेषण गरिदिनुहुन दूतावासले विनम्र अनुरोध गरेको छ।