[ आरएन चौधरी थारु ]
क्वालालम्पुर ( मलेसिया ):= वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा आइ रोजगारदाता कम्पनीद्वारा कामबाट निकालिएर अलपत्र अवस्थामा रहेका १९ जना नेपाली श्रमिकहरु नेपाल फर्किने भएका छ्न।
नेपालबाट खोजी रेक्रुटमेन्ट सर्भिस प्राइभेट लिमिटेड (KHOJI RECRUITMENT SERVICES PVT. LTD.) म्यानपावरमार्फत गत बर्ष सन् २०२२ को सेप्टेम्बर महिनामा मलेसियाको (HONG TZE ENTERPRISE SDN BHD) नामक कम्पनीमा काम गर्न आएका १९ जना नेपाली श्रमिकहरु कम्पनीले खटाएको काम नगरेको भन्दै कामबाट निकालिएका थिए। लगत्तै ति श्रमिकहरुले उद्दारको लागि सामाजिक संजालमा हारगुहार मागेका थिए, सोही अनुरुप उद्दार भएर स्वदेश फर्किन लगेका हुन्।
मलेसिया स्थित नेपाली दूतावासले मलाया खबरलाई दिइएको जानकारी अनुसार कम्पनीद्वारा निकालिएको श्रमिकहरुलाई स्वदेश फर्काउनको निम्ति सम्बन्धित रोजगारदाता कम्पनी म्यानपावरको सहायतामा आवश्यक तयारी भैइरहेको जानकारी दिनुभयो।

यता म्यानपावरका आधिकारिक सम्बन्धित ब्यक्ति मोहम्मद जुनाइदले ति श्रमिकहरुलाई नेपाल फर्काउनलाई आवश्यक पर्ने स्पेशल पास र चेकआउट मेमो लगायत कागजात कम्पनी र दूतावासको सहयोग , समन्वयमा मलेसियन अध्यागमन बिभाग (इमिग्रेशन) बाट बनाएर चाडो भन्दा चाडो तिनीहरुलाई नेपाल फर्काइने बताउनुभयो।
साथै म्यानपावरको तर्फबाट मोहम्मद जुनाइदले भन्नुभयो दूतावासकै सल्लाहमा ति श्रमिकहरुको कुरा पत्याएर तिनीहरु बस्ने कम्पनीको होस्टेलबाट निकालेर एक कोठामा ल्याएर सुरक्षीत स्थानमा राखेका छौँ , तर विभिन्न नेपाली मिडियामा तिनीहरुलाई बन्धक बनाइएको समाचार बाहिरिएपछि आफु आश्चर्यचकित परेको बताउदै , त्यसमा कुनै सत्यता नरहेको प्रष्ट पार्नुभयो।

अलपत्र रहेका ति नेपाली श्रमिकहरुले कम्पनीले आफू लगायत कामदारहरुलाई कम्पनी परिसरभित्र कुटपिट गर्ने गरेको आरोप लगाउदै आएकाछ्न। त्यस्तै यता रोजगारदाता कम्पनीले ति श्रमिकहरु आफैंले होस्टेलमा बसेको बेला अत्याधिक रक्सी (दारु) सेवन गरेर जहिल्यै एक – आपसमै लडाइँ झगडा गर्ने गरेको र कम्पनीमा काममा समेत लापरबाही गर्दै ड्युटी नजाने गरेको आरोप ति श्रमिकहरुमाथी लगाइएको छ।

श्रमिकहरुले गुनासो गरे अनुरुपनै नेपाली दूतावास र म्यानपावर मिलेर स्थानीय मलेसियन प्रहरी चौकीमा कम्पनीविरुद्ध कारवाहीको मागसहित उजुरी समेत दर्ता गराएका थिए , तर पीडित पक्षले रोजगारदाता र कम्पनीले आफूहरुमाथी कुटपिट गरेको केहि प्रमाण जुटाउन नसक्दा यो केश झन जटिल बनेका थिए।
उता रोजगारदाता कम्पनीले पनि आफ्नो तर्फबाट ति श्रमिकहरुमाथी विभिन्न आरोपप्रत्यारोप सहित होस्टेलमा लडाइँ झगडा गरिरहेको भिडियोसहित स्थानीय प्रहरी चौकीमा उजुरी दर्ता गराएका छ्न।
कम्पनीले बताए अनुसार ति श्रमिकहरुले दिनहुँजसो रक्सी सेवन गरेर होस्टेलको विभिन्न सामाग्रीहरु तोडफोड गर्ने , अन्य कामदारहरुलाई समेत असर पुग्नेगरि हो-हल्ला गर्ने एक – आपसमै लडाइँ झगडा गर्ने गरेको र ड्युटी नजाने गरेको लगायत विभिन्न आरोपसहित बाध्य भएर कम्पनीबाट निकालिएको उल्लेख गर्दै उजुरी दर्ता गराएका हुन।
अलपत्र पर्नेहरुमा गोरखाको सहिदलखन गाउँपालिका–६ का ठाकुर रेग्मी, ७ का कमल श्रेष्ठ, भीमसेन थापा गाउँपालिका–७ का विष्णुप्रसाद ढकाल, टिकाराम गोतामे र सुजन गोतामे रहेका छ्न । त्यस्तै उदयपुरका १, सप्तरीका १, मकवानपुरका ७, रौतहटका ३, भोजपुरका १ र बैतडीका १ जना नेपाली श्रमिकहरु रहेका छ्न।



















