मलेसियामा कामदार अभाव कायमै, मलेसियाले विदेशी श्रमिक भर्ना गर्ने अवधि छोट्याउने।

PUTRAJAYA, 5 Jan -- Menteri Dalam Negeri Datuk Seri Saifuddin Nasution Ismail (kiri) bersama Menteri Sumber Manusia V. Sivakumar ketika mempengerusikan Mesyuarat Khas Jawatankuasa Bersama antara Menteri Dalam Negeri dan Menteri Sumber Manusia mengenai Pengurusan Pekerja Asing Bil 1/2023 di Kementerian Sumber Manusia hari ini. --fotoBERNAMA (2023) HAK CIPTA TERPELIHARA

क्वालालम्पुर (मलेसिया):= मलेसिया सरकारले विदेशी श्रमिक भर्ती गर्ने समयावधि छोट्याउने भएको छ । अहिले विदेशी श्रमिक भर्ना गर्न दुई महिना भन्दा पनि लामो समय लाग्ने गरेको भन्दै यसलाई छोट्याएर ३० दिनभित्रै श्रमिक भर्ना गर्ने गरी काम गर्ने तयारी भइरहेको स्थानीय पत्रीका द स्टारले समाचारमा  लेखेको छ ।

मलेसियाका भरखरै केहि महिना पहिले गठित नयाँ सरकारको गृहमन्त्री दातुक सेरी साइफुद्धिन र मानव संसाधनमन्त्री वि-शिवाकुमारले श्रमिक भर्तीको सम्पूर्ण प्रक्रियालाई घटाउने बताउनु भएको हो । उहाँका अनुसार अब रोजगारदाताले निवेदन पेस गर्नेदेखि स्वीकृति, भिसा जारी गर्ने, स्वास्थ्य परीक्षण लगायत सबै काम एक महिनाभित्रै सकिनेछ ।

मलेसियाका दुई मन्त्रालयको संयुक्त बैठकमा गृहमन्त्रीले यो लामो प्रक्रियालाई छोट्याउने धेरै ठाउँहरु रहेका पनि उल्लेख गर्नुभएको छ ।मानव संसाधन मन्त्रीसँगको बैठकमा उहाँले भन्नुभयो, ‘श्रमिक भर्नाको लागि विज्ञापन गर्नमै रोजगारदाताले पहिले एक महिना लगाउँथे, अबका दिनमा त्यो काम एक दिन मात्रै हुनेछ ।’ उहाँले यसै गरी अरु प्रक्रिया पनि छोट्याइने बताउनुभयो।

मलेसियामा कृषि क्षेत्र लगायत अन्य क्षेत्रमा अहिले पनि  कामदारको अभाव कायमनै रहेको छ। जसले गर्दा उद्योग र कम्पनी संचालकहरुलाई बारम्बार समस्या झेल्नु परेको छ।  गत बर्ष सन् २०२२ भित्रमा विदेशी कामदार ल्याउन परेको आवेदनमा उल्लेख १६ लाख विदेशी कामदारमध्य ६ लाख ७६ हजार बढी कामदार मलेसिया आइसकेको जनाएको छ।