फ्रान्सले रुसविरुद्ध लड्नलाई युक्रेनमा लडाकु गाडी पठाउने।

French army soldiers operate on a CAESAR (a truck equiped with an artillery system) with a self propelled Howitzer on board during a high intensity shooting exercice in Canjuers, southeastern France, on October 11, 2021. (Photo by Nicolas TUCAT / AFP)

एजेन्सी (पेरिस):= फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीलाई आफ्नो सरकारले रसियाविरुद्धको युद्धमा सहयोग गर्न हल्का एएमएक्स—१० आरसी सशस्त्र लडाकु सवारी साधनहरू पठाउने बताएका एक फ्रान्सेली अधिकारीले बताएका छन् ।

‘युक्रेनी सेनाको समर्थनमा पश्चिमी–निर्मित सशस्त्र सवारी साधनहरू पु¥याइएको यो पहिलो पटक हो’, अधिकारीले भने । पत्रकारहरूसँग कुरा गर्दै अधिकारीले योजनाबद्ध ढुवानीको मात्रा वा समयको बारेमा कुनै विवरण दिएनन् तर अन्य सवारी प्रकारहरूको सम्भावित डेलिभरीको बारेमा वार्ता जारी रहने बताए ।

जेलेन्स्कीले घोषणाको लागि म्याक्रोनलाई धन्यवाद दिँदै यसले अरुहरुलाई  भारी हतियार उपलब्ध गराउन आवश्यकता देखाएको बताए ।