दुबई (युएई):= विदेशी पर्यटक लोभ्याउनलाई र पर्यटन ब्यावसायलाई ध्यानमा राख्दै दुबई (युएई)ले मदिरा बिक्रीमा ३० प्रतिशत कर घटाएको छ । एमएमआई एन्ड अफ्रिका एण्ड इन्स्टर्नकाअनुसार २१ वर्षभन्दा माथिका गैर–मुस्लिमहरूलाई उपलब्ध व्यक्तिगत मदिरा इजाजतपत्र अब निःशुल्क हुनेछ ।
‘तपाईंलाई मनपर्ने पेयहरू किन्न सजिलो र सस्तो भयो’, एमएमआईले एक फेसबुक पोष्टमा कटौती विवरणमा भनेको छ। यसबारेमा दुबईका अधिकारीबाट तत्काल कुनै प्रतिक्रिया आइनसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुबई युनाइटेड अरब इमिरेट्सको आर्थिक, व्यापार र पर्यटन केन्द्र हो ।
यो प्रमुख तेल निर्यातक मुस्लिम देश हो जसले विस्तारै मदिरामा लाग्दै आएका बाधाहरू खुकुलो पारेको छ । छिमेकी साउदी अरेबियाको विपरीत धेरै जसो युएईले रेस्टुरेन्ट, बार र तोकिएका पसलसहित इजाजतपत्र प्राप्त स्थानहरूमा मदिररा बेचेको छ । यद्यपि यसलाई सार्वजनिक रूपमा उपभोग गर्न सकिँदैन