नयाँ बर्ष सन् २०२३ को अवसरमा मलेसियामा “गोर्खाली ५ किलोमिटर दौड प्रतियोगिता २०२३” हुने।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा पहिलो पटक नेपाली टोपी दिवस तथा अंग्रेजी नयाँ बर्ष सन् २०२३ को शुभ अवसरमा “गोर्खाली ५ किलोमिटर दौड प्रतियोगिता २०२३” आयोजना हुने भएकोछ ।

यो प्रतियोगिता नेपाली पहिचान प्रबर्द्धन र मलेसियामा रहेका नेपालीहरुको स्वास्थ्य प्रबर्द्धन तथा सुधारको लागि प्रेरित गर्न आयोजना गर्न लागिएको हो ।

यस प्रतियोगितामा मलेसियाका लागी नेपाली राजदूत डिल्ली राज पौडेलको प्रमुख आतिथ्यता सहित सहभागीता हुने भएकोछ । गैरआवासीय नेपाली संघ एनआरएनए मलेसिया , मलेसियाका सक्रिय नेपाली संघसंस्था, ब्यवसायी, खेलाडीहरु साथै नेपाली श्रमिकहरुको उल्लेख्य उपस्थिति रहने आयोजकले जानकारी दिएको छ ।

मलेसियामा रहेका नेपालीहरुको स्वास्थ्य समस्या तथा मृत्युदर निकै उच्च रहेको तथ्यांकमा उल्लेख छ । यसका कारण शारिरीक कसरतको कमि साथै गलत खानपान रहेको बिज्ञहरुको अनुमान छ ।

सहभागीहरु मध्य प्रथम, दोस्रो, तेस्रो लगायत दसौं स्थान सम्म हासिल गर्नेलाई मेडल प्रदान गर्ने । प्रतियोगिता मलेसियाको राजधानी क्वालालम्पुर स्थित लेक गार्डेनको प्रांगणमा जनवरी १ तारीख बिहान ७ बजे देखि ९ बजे सम्म हुने आयोजकले बताएको छ ।

प्रतियोगितामा सहभागी हुन ईच्छुक प्रतियोगिहरुले आयोजकलाई डिसेम्बर ३१ तारीख साझ सम्म सम्पर्क गरि नाम दर्ता गर्न सक्नेछन । दर्ता गर्नको लागी तलको फोन नम्बरहरुमा सम्पर्क गर्न सक्नुहुनेछ। ०१६२५२२२६५ , ०११६१९२१६८३ ,
०१२६४४५८०२ , ०११५९००३७००