[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= मलेसियामा रहेका रेमिट्यान्स कम्पनी आई पे रेमिट नेपाल ( i pay remit nepal ) को प्रायोजन आयोजनामा क्रिश्चियन धर्मावलम्बीहरुको मुख्य चाड क्रिसमसको अवसरमा पेनाङ राज्यमा आयोजित खुल्ला भलिबल खेल प्रतियोगिता भब्य सम्पन्न भएको छ।
यहीँ डिसेम्बर बितेको २५ र २६ तारिखगरि दुईदिने सार्वजनिक विदाको अवसरमा आई पेयद्वारा आयोजित सो भलिबल खेल प्रतियोगितामा प्रमुख अतिथिमा नेपाली राजदूतावासका द्धितिय सचिव तथा सूचना , प्रशासन प्रमुख प्रतीक कार्की , त्यस्तै अतिथिमा दूतावासकै जनसम्पर्क अधिकृत टेक बहादुर बुढा र सामाजिक कल्याणकारी संघ (जनउद्दार केन्द्र) मलेसियाका अध्यक्ष केशु थापा लगायत रोजगारीको सिलसिलामा पेनाङमा बसोबास गर्ने हजारौंको सङ्ख्यामा खेलप्रेमी नेपाली श्रमिक दर्शकहरुको उल्लेख्य सहभागीता रहेको थियो।

सम्पन्न भलिबल खेलमा मलेसियाको विभिन्न शहरहरुबाट गरि १६ वटा नेपाली टिमसहितको खेलाडीहरुबीच खेलमा उपाधीको लागि भिडन्त भएको थियो। खेलमा बाग्लुङ केयल क्लब टिम प्रथम भएको हो , र नागासरी पेनाङ क्लब दोस्रो पुरस्कार जित्न सफल भएको हो। त्यस्तै खेल प्रतियोगितामा रेफ्रीको भुमिकामा चन्द्र तामाङ रहनु भएको थियो।

खेल प्रतियोगितामा प्रथम हुने टिमलाई दूतावासका द्धितिय सचिव प्रतीक कार्कीले पुरस्कार राशी नगद मलेसियन रिंगेट आरएम ५ हजार १ , ट्रफी , मेडल र प्रमाणपत्र प्रदान गरि खादा लगाइ सम्मान गरिएको थियो , त्यस्तै दोस्रो हुने टिमलाई पुरस्कार राशी नगद रकम आरएम २ हजार ७ सय १ ट्रफी , मेडल , प्रमाणपत्र प्रदान गरि खादा लगाइ सम्मान गरिएको आयोजक आई पे रेमिटको तर्फबाट पेनाङको खेलकुद अध्यक्षको जिम्मेवारी सम्हाली रहनुभएका सुरेश देवकोटाले मलाया खबरलाई जानकारी दिनुभयो ।

सुरेश देवकोटाले बताए अनुसार आयोजक आई पेय रेमिटद्वारा खेल प्रतियोगितामा मलेसियाको टाढा – टाढा शहरबाट सहभागी हुन पेनाङ आउनुभएका खेलाडीहरुको लागि दुई दिनसम्मलाई खान र बस्न नि:शुल्क ब्यवस्थापन गरिएको थियो। आई – पेय रेमिट नेपाल (i-pay remit) मलेसियाबाट नेपाल पैसा पठाउन मिल्ने भरपर्दो विश्वासिलो रेमिटेन्स कम्पनी हुन्।




















