एजेन्सी:= टर्कीले सन् २०२३ देखि लागू हुनेगरी न्यूनतम पारिश्रमिकमा ५५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्कीका नागरिकमाथि बढ्दो जीवनयापन खर्चको बोझ कम गर्ने प्रयासस्वरूप सरकारले सन् २०२३ को सुरुदेखि न्यूनतम पारिश्रमिक ५५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको घोषणा गर्नुभएको हो ।
यो निर्णयसँगै आगामी जनवरीदेखि मासिक पारिश्रमिक न्यूनतम करिब ४५५ अमेरिकी डलर हुनेछ । सरकारी तथ्यांक अनुसार टर्कीमा करिब ६० लाख मानिस वा सबै कर्मचारीले करिब ३८ प्रतिशतले न्यूनतम पारिश्रमिक पाउने गरेका छन् ।




















