संसदीय दलमा देउवाको बहुमतको आँकलनबीच गगनलाई प्रभावशाली युवा नेताहरुको समर्थन।

काठमाडौं := संसदीय दलको नेताको लागि उम्मेदवारी दिनुभएका महामन्त्री गगनकुमार थापालाई कांग्रेसका प्रभावशाली युवा नेताहरूको समेत समर्थन देखिएको छ । संस्थापन इतर पक्षबाट पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवार बन्नुभएका थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले समर्थन गर्नुभएको छ ।

कांग्रेसका प्रदीप पौडेल, मिनेन्द्र रिजालसमेतले थापालाई साथ दिनुभएको छ। जसमा मिनेन्द्र सांसद हुनु होइन । तर, उहाँनिकट सांसदहरूसँग गगनको पक्षमा मत मागिरहनुभएको छ ।

कांग्रेस महामन्त्री समेत रहेका थापालाई डा‍ शेखर कोइरालाले प्रस्तावक बनेर साथ दिनुभएको छ भने समर्थकमा धनराज गुरुङ,  शर्मा तथा कृष्णप्रसाद सिटौला पक्षका प्रदीप पौडेल रहनुभएको छ ।

कांग्रेसमा पुस्तान्तरणको आवाज उठिरहेका बेला युवा नेताहरूमा समेत कांग्रेस परिवर्तनको हुटहुटी देखिएको छ । यद्यपि, संसदीय दलमा सभापति देउवाको बहुमत रहेको आँकलन छ ।