रविको पार्टीकी सांसद गौतम भन्छिन्ः बलात्कार सामान्य घटना हो, महिलाको शरीरमा कुनै नोक्सानी गर्दैन।

काठमाडौं := महिलामाथि हुने बलात्कारका घटनालाई सामान्य भन्दै टिप्पणी गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद शोभिात गौतम यतिबेला विवादमा तानिएकी छन् ।

उनले बलात्कारबारे बोलेको भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै अधिकांशले कडा आलोचना गरेका छन् । महिला अधिकारकर्मी र अभियन्ताहरुले उनको भनाइलाई निन्दनीय भन्दै आपत्ति जनाएका छन् । उनले बलात्कार सामान्य घटना भए पनि समाजले ठूलो बनाएको र त्यसका नाममा डलर ल्याउनेहरुले ठूलो बनाएको भनेकी छन् ।

दुवै खुट्टा काटीएको घटनाभन्दा बलात्कारको घटना सामान्य हुने तर्क उनको छ । ‘म आफ्नै उदाहरण दिन चाहन्छु । मलाई कसैले बलात्कार गर्यो। म पीडित महिला भएँ नि त, एउटा सिनारियो । अर्को सिनारियो । कोही मान्छे आएर मेरो खुट्टा काटिदियो, दुईटै खुट्टा काटिदियो । अब दुईवटा इन्सिडेन्टलाई कम्पियर गरेर हेर्नुस् । म बलात्कृत महिला धेरै विचरा भएँ या मेरो कसैले खुट्टा काट्यो त्यो सोबिता विचरा भई ? यसरी हेर्दा त खुट्टा काटेको जघन्य अपराध हो नि त । जिन्दगीभरि खुट्टा काटिएपछि त अब के गर्ने ? मेरो जिन्दगी सकियो । तर बलात्कृत हुँदैमा चाहिँ पुनः स्थापना हुनका लागि कुनै पनि गाह्रो छैन । अन्टिनेन अनलेस हाम्रो शरीरमा कुनै पनि हानि नोक्सानी हुँदैन । त्यसले दीर्घकालीन असरहरू केही पार्दैन, खाली समाजले चाहिँ त्यो बलात्कार भन्ने विषयलाई यत्रो ठूलो बनाइदियो कि हामीले यस्तो ग्लोरीफाई गर्यौँ कि डलरहरू ल्याउने होइन , अनि समाजमा बलात्कार भन्नेबित्तिकै त्यल्लाई यस्तो ग्लोरिफाई गरेको कारण नै महिलाहरूचाहिँ बढी भावुक भाको जस्तो लाग्छ मलाई चाहिं यसलाई सामान्यीकरण गर्नुपर्छ।’

नेक्स्ट रिभोलुसन नामको युट्युब च्यानलमा अपलोड भएको एक भिडियो अन्तर्वार्तामा बलात्कारबारे अत्यन्तै हल्का टिप्पणी गरेको भन्दै गौतमको विरोधसमेत हुन थालेको छ । तीन वर्षअघि सोबिताले दिएको अभिव्यक्तिको सानो क्लिप सुनेर सर्वसाधारदेखि अधिकारकर्मीहरूले समेत विरोध गरेका छन् । कतिले गौतमको भनाइलाई यथार्थपरक भनेर समर्थन गरेका छन् ।

अन्तरवार्तामा सोविताले बलात्कारलाई समाज र मिडियाले अनावश्यक ग्लोरिफाइ गरेको तर्क गर्नुभएको छ । यदि बलात्कारबाट महिलाको शरीरमा कुनै हानि नोक्सानी पुगेको छैन भने यसलाई धेरै ठूलो रुपमा लिन नहुने उहाँको भनाइ छ । बलात्कृत महिलालाई विचरा ठान्ने वा छिछी दुरदुर गर्ने प्रवृत्ति समस्याको कारक बनेको उहाँले धारणा प्रस्तुत गर्नुभएको छ ।

अहिले सोविताको अन्तरवार्ताबाट साना अंशहरु काटेर सामाजिक सञ्जालमा भाइरल बनाइएको छ, जसले गर्दा बलात्कारका सम्वन्धमा गौतमको समग्र दृष्टिकोण नबुझीकन पनि कमेन्टहरु गरिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोबिता गौतम गत चुनावमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको हो ।

यसरी उहाँको पुरानो अभिव्यक्तिलाई लिएर विभिन्न टिकाटिप्पणी हुन थालेपछि उहाँले सामाजिक सञ्जाल मार्फत आफूलाई संवेदनशील हुन घच्घच्याएको बताउनु भएको छ ।

यस्तो छ उहाँको पछिल्लो धारणा–

४ मंसिरमा सम्पन्न निर्वाचनमा गौतम काठमाण्डु–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी थिइान् ।