नयाँ थारु गीत ‘घरपाला मोद’ को म्युजिक भिडियो युट्युबमा सार्वजनिक (भिडियो सहित)

चितवन := चर्चित नेपाली गायक सञ्जय चौधरीको नयाँ थारु गीत ‘घरपाला मोद’ को म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ ।

गायक सञ्जय चौधरीकै शब्द/संगीत रहेको गीत युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । दुई साथीबीच लामो समयपछि भेटघाट गर्ने क्रममा गरिने रमाइलो खानपानलाई गीतमा उठान गरिएको छ ।

ड्रिम्स स्टुडियोमा रेकर्डिङ गरिएको गीतलाई गणेश चौधरीले एरेञ्ज गरेका छन् । हिरा चौधरीले निर्देशन गरेको भिडियोमा चर्चित थारु मोडल मुस्कान चौधरी, निर्देशक सुरेश चौधरी, गायक तथा मोडेल रोहित सिंह चौधरीको अभिनय रहेको छ । भिडियोलाई सुरेश चौधरीले सम्पादन गरेका छन् ।

गायक चौधरीले लामो समय पश्चात थारु गीत बजारमा ल्याएका हुन् । उनले स्वर दिएको ‘गल्ती छैन मेरो’, ‘हिजो आज’लगायतका पप गीतहरु चर्चित छन् ।

तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुस् :