मलेसिया आउनु भएका सोमर सिंह एयरपोर्टबाट कम्पनी जाँदै गर्दा बीच बाटोमै हराए।

क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको सिलसिलामा नेपालबाट मलेसिया आईपुग्नुभएका नेपाली श्रमिक सोमर सिंह घलान मलेसियाको अन्तर्राष्ट्रिय विमानस्थल केयलआईएबाट रोजगारदाता कम्पनीमा जाँदै गर्दा बीच बाटोमै हराउनुभएको छ।

नेपाल ठेगाना मकवानपुर जिल्ला निवासी सोमर सिंह घलान
११ नोभेम्बरका दिन क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलबाट रोजगारदाता कम्पनीको बसमा मलेसियाकै जोहोरबारुतर्फ जाँदै गर्दा बीच बाटोमै हराउनुभएको मलेसियामा रहेको मलेसियास्थित नेपाली राजदूतावासले एक सूचना सार्वजनिक गरि जनाएको छ।

दूतावासका अनुसार हराउनु भएका सोमर सिंहलाई कम्पनीले विमानस्थलबाट कम्पनीकै बसमा राखेर कार्यस्थल रहेको स्थान मलेसियाकै जोहोरबारु लगिरहेको थियो , मलेसियाकै कम्पुङ बेम्वानमा खान खान बस रोकेको दूतावासले जनाएको छ । त्यसपछि बस सिधै कम्पनीको होस्टेलमा पुगेको थियो । तर कम्पनीको होस्टेलमा पुग्दा अन्य नेपालीहरुसंग सोमर हुनुहुन्थेन , हराइसक्नु भएको रै छ दूतावासले जनाएको छ।

विमानस्थलबाट जोहोरबारुसम्मको यात्राकै क्रममा उहाँ हराउनुभएकाले कहीँ कतै देखे वा भेटेमा सम्पर्क गरिदिन दूतावासले सार्वजनिक सूचना जारी गरेको छ। भेटाउनुहुनेले दूतावासको हटलाईन नम्बर ०१६२४७२७७७ नम्बरमा फोन गरेर अथवा eonkualalumpur@mofa.gov.np मा इमेल गर्न गरेर जानकारी गराउन सकिनेछ्।

DAVERTISE