क्वालालम्पुर (मलेसिया):= यतिबेला मलेसियामा पनि संघीय चुनावले माहोल तातिएको छ । मलेसियामा नयाँ सरकार गठनको लागी यहीँ नोभेम्बर 1९ तारिख निर्वाचन, मतदान हुँदैछ्न । चुनाव प्रचारप्रसारको लागी यहाँ प्रायःजसो हरेक ठाउँमा र सडक , चोक-चोकमा विभिन्न पार्टीको झण्डा गाडीएको छ।
साथै चुनाव प्रचारप्रसारको लागी विभिन्न र्याली नाराजुलुस समेत गरिरहेको देख्न सकिन्छ । सोही क्रममा मलेसियाको पेटालिङ्जायामा एक घटना घटेको छ। घटनामा दुईजना नेपाली कामदार पक्राउ परेको मलेसिया प्रहरीले जनाएको छ।
पेटलिंगजाया जिल्ला प्रहरी प्रमुख एसीपी मोहम्मद फखरुद्दिन अब्दुल हमिदले बताए अनुसार राति ११ः१५ बजेको समयमा दुई जना नेपाली कामदारहरु एक-आपसमै झगडा गर्दै चिच्याउदै लडाइँ गरिरहेका थिए, तिनीहरु चिच्याएको सुनेर चुनाव प्रचारप्रसारको क्रममा झण्डा निरीक्षण गरिरहेका सोही क्षेत्रमा रहेका पीपी-केपीआरको अधिकारी स्थानीय नागरिकको टोलीले ती नेपालीहरुको झगडा छुटाउन खोज्दा सहयोग गर्न जाँदा ती नेपालीहरुले उल्टै स्थानीयहरुमाथीनै आक्रमण गरेको बताइएको छ।
नेपालीको आक्रमणमा परेका स्थानीयहरुले भन्छ्न , हामीले केहि मानिसहरु सहयोग पाउ भन्दै चिच्याएको आवाज सुनेर घटनास्थालमा गयौं र त्यहाँ पुगेपछि दुईजना लडाइँ गरिरहेका देख्यौं , हामीले ऊनीहरुको झगडा लडाइँ छुटाउन खोज्दा उल्टै हामीमाथीनै नेपाली भाषामै तथानाम बोल्दै आक्रमण गर्यो। तिनीहरुले गरेको आक्रमणले घाँटीमा चोटपटक लागेको र हाम्रो मोबाईल समेत फुटेको छ , ती स्थानीय अधिकारी नागरिकले बताएका छ्न।
२० वर्षका उमेर समुहका दुईजना नेपाली संदिग्धहरूलाई गएको शुक्रबारसम्म हिरासतमा राखिएको थियो र सार्वजनिक स्थानमा दंगा गरेको आरोपमा दण्ड संहिता (केके) को दफा १६० अन्तर्गत अनुसन्धान गरिएको थियो, उनले भने।
पक्राउ परेकालाई फौजदारी संहिताको धारा ३५३ अन्तर्गत निजामती कर्मचारीलाई कर्तव्य पालना गर्न धम्की दिएकोमा, हातपात गरेकोमा फौजदारी संहिताको धारा ४२७ र अध्यागमन ऐन १९५९ को दफा ६(१)(सी) अन्तर्गत र १९५९/६३ (मान्य कागजातहरू नभएको) मुद्दाको अनुसन्धान अगाडि बढाइएको मोहमद फखरुदिनले बताए।
साथै प्रहरीले स्थानीय लगायत विदेशी सर्वसाधारणलाई सदैव कानूनको पालना गर्न र कुनै पनि आपराधिक कार्य नगर्न र कुनै पनि आपराधिक कार्यको जानकारी भएमा पेटलिंगजाया जिल्ला प्रहरी प्रधान कार्यालयको अपरेसन कक्ष ०३-७९६६२२२२ मा सम्पर्क गर्न अनुरोध गरिएको उनले बताए। SOURCE: BERNAMA





















