काठमाडौं क्षेत्र नम्बर ४ मा गगन थापाको घरदैलोमा स्वागतसँगै सेल्फी खिच्ने।

काठमाडौं := काठमाडौं क्षेत्र नम्बर ४ मा निर्वाचित भएर ह्यार्टिक गर्ने रणनीतिमा रहेका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा यतिबेला दैनिक घरदैलो कार्यक्रम गरिरहेका छन् ।

२०७० सालमा संविधानसभा र २०७४ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित थापा यसपटक पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने रणनीतिअनुसार चुनावी प्रचारप्रसारमा सक्रिय छन् ।

एमालेका राजन भट्टराईसहितका उम्मदेवारसँग प्रतिस्पर्धामा रहेका थापाले आइतबार कपन, सुकेधारा क्षेत्रमा घैलो कार्यक्रम गरेका छन् । घरदैलो कार्यक्रममा जाँदा उनीेसँग सेल्फी लिनेको उत्तिकै भीड देखिन्छ ।

घरदैलो कार्यक्रममा गएका थापामात्र होइन अन्य उम्मेदवारसँग पनि स्थानीयले सेल्फी लिने गरेका छन् ।