काठमाडौं := काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले राति ०९:०० बजेपछि देउसी- भैलो खेल्न रोक लगाएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले राति ९ पछि देउसी भैलो खेल्न रोक लगाएको हो। अन्य जिल्लाले निर्धारण गरेको समयावधिमा देउसी-भैलो खेल्न पाइने छ ।
गृह मन्त्रालयले सबै जिल्लाका प्रशासन कार्यालयलाई वस्तुस्थिति र सुरक्षा अवस्था हेरेर निर्णय गर्न परिपत्र जारी गरेको छ ।




















