काठमाडौं := इटहरीका पुर्व चर्चित मेयर एमाले नेता द्धारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफनो निवास खुमलटारमा नेकपा एमालेवाट निर्वाचित पुर्व मेयर चौधरीलाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन । उनी प्रदेश सांसदको निर्वाचन लडने बुझिएको छ ।
इटहरी १७ घर भएका चौधरी २०४१ सालदेखि अनेरास्ववियुमा संगठित भएर राजनीतिमा लागेका थिए । २०७२ सालमा एमाले सुनसरी जिल्ला अध्यक्ष अध्यक्ष भएका उनी २०७४ को स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए ।त्यसअघि २०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा उनी एमालेको समानुपातिक उम्मेदवार समेत थिए ।




















