गोरखा:= गोरखा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा चुनावमा अब्दुस मियाँ उम्मेदवार बन्ने चर्चा सुरु भएको छ । नेकपा एमालेको तर्फबाट मियाँ प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारी गर्नुभएको हो। उहाँ गत ६ असोजमा नेकपा एमालेमा प्रवेश गर्नुभएको थियो । एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै उहाँलाई पार्टीमा प्रवेश गराउनु भएको थियो ।
त्यस अघि मियाँ काठमाडौँ ६ मा स्वतन्त्र चुनाव उठ्ने घोषणा गरिसक्नुभएको थियो । उहाँलाई पार्टी प्रवेश गराएपछि भएको एमालेको सचिवालय बैठकमा उहाँको ब्यबस्थापनका बिषयमा छलफल भएको थियो ।
उहाँलाई काठमाडौँ ६ बाट वा गोरखा २ बाट उम्मेदवार बनाउने? भन्ने बिषयमा सचिवालय बैठकमा छलफल भएको थियो । गोरखा २ मा टिकट दिनका लागि लागि एमाले गोरखाका नेताहरुले केन्द्रीय कमिटीमा लबिङ पनि गर्नुभएको छ ।




















