[ अभय दुबे ]
बारा:= रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ८ नेशनल हस्पिटल विजयपुरद्वारा शनिबारको दिन रक्तदान कार्यक्रम आयोजना गरी सम्पन्न भएको छ।
मानवताको सेवा नई जीवनको सर्वोत्तम कार्य हो भने मूल नारा, उदेश्यलाई लक्षित गरी रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रममा हस्पिटलका सम्पूर्ण टिमहरू , सुरक्षाकर्मीहरु,पत्रकार, स्थानीय युवाहरु तथा समाजका विभिन्न अगुवाहरू सहित १ महिला २२ जना पुरुष सहित २३ जनाले रक्तदान गरेको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी गौर रौतहट र युथ क्लब बिजयपुरको सहयोग रहेको थियो । कार्यक्रम हस्पिटल कई प्रांगणमा भएको थियो ।
उक्त रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी गौत रौतहट र युथ क्लब बिजयपुरले सहकार्य गरि सहयोगीको भुमिका निभाएको हस्पिटलका चेयरमेन मनिभुशन प्रसाद यादवले जनाएको छ ।




















