म्यानचेस्टर युनाइटेड नकआउट चरणमा।

लण्डन:= इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब भिल्लारियलमाथि २-० सहज जित निकाल्दै च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरेको छ ।

समूह चरणको एक खेल बाँकी छँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो । युनाइटेडको जितमा क्रिस्टियानो रोनाल्डो र जाडोन सान्चोले एक/एक गोल गर्नुभयो ।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिए पनि ७८औँ मिनेटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई १-० को अग्रता दिलाउनुभयो । यस्तै इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा जाडोन साञ्चोले गोल गर्दै युनाइटेडलाई जित दिलाउनुभयो ।

जितपछि युनाइटेडको पाँच खेलबाट १० अंक भएको छ । पराजित भिल्लारियल सात अंक जोडेर दोस्रो स्थानमा रहेको छ। एटलान्टाको ६ तथा योङ ब्वाइजको चार अंक छ । यही समूह ‘एफ’ को अर्काे खेलमा योङ ब्वाइज र एटलान्टाले तीन/तीन गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

घरेलु टोली योङ ब्वाइजका थियोसन जोर्डन सिवाटचिउ, भिनसेन्ट सिरो रसिल्भान हेफ्टीले गोल गर्दा एटलान्टाका डुभान जापटा, जोस लुइस पालोमिनो र लुइस मुरेलले गोल गर्नुभयो ।