संगीतालाई सर्वोत्कृष्ट सम्पादनको अवार्ड।

काठमाडौं:= संगीता खत्रीले सर्वोत्कृष्ट सम्पादनको अवार्ड प्राप्त गर्न सफल हुनुभएको छ । उहाँले राजधानीमा एक विशेष समारोहबीच सम्पन्न भएको एएनपी अवार्डस् २०२१मा उक्त अवार्ड प्राप्त गर्न सफल हुनुभएको हो । पूर्वराज्यमन्त्री रामवीर मानन्धरको प्रमुख आतिथ्यता र अन्य विशिष्ट व्यक्तित्वहरूको आतिथ्यता रहेको समारोहमा उहाँले उक्त अवार्ड आफ्नो पोल्टामा पार्न सफल हुनुभएको हो ।

इभेन्ट र मनोरञ्जनको क्षेत्रमा विभिन्न राष्ट्रिय कार्यक्रम आयोजना गर्दै आएको अल नेपाल पब्लिकेसन (एएनपी) मिडिया हाउसले आयोजना गरेको एएनपी नेशनल अवार्डस-२०२१ मा अन्य विधाका व्यक्तित्वलाई पनि अवार्ड प्रदान गरिएको थियो भने समाजमा विशेष योगदान पुर्‍याउने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।

सन् २००९देखि नेपाली कला क्षेत्रमा रहेर आफ्ना क्रियशनमार्फत तारिफ बटुल्न सफल हुनुहुन्छ संगीता । उहाँ चलचित्र, सर्ट मुभी र म्युजिक भिडियोको सम्पादनमा सक्रिय रहँदै आउनुभएको छ । उहाँका कार्यले तारिफ बटुलिरहँदा विभिन्न मान सम्मान र अवार्ड आफ्नो पोल्टामा पार्न सफल हुनुभएको छ ।