साफ च्याम्पियनसिपको फाइनल आज, नेपाललाई इतिहार रच्ने अवसर प्राप्त।

एजेन्सी := तेह्रौं संस्करणको दक्षिण एसियाली सार्क राष्ट्रहरुको फुटबल pratitसाफ च्याम्पियनशीपको उपाधिका लागि नेपालले आज भारतसँग खेल्दैछ। माल्दिभ्सको माले राष्ट्रिय फुटबल स्टेडियममा हुने खेल नेपाली समय अनुसार ०८:४५ बजे सुरु हुनेछ।

आज दुबै टिमले साफको उपाधि जित्ने दाउमा छन् । भारतले हालसम्म ७ पटक साफ च्याम्पियनसिपको उपाधि जितिसकेको छ, भने नेपाल पहिलोपटक उपाधि होडमा पुगेको हो ।

भारतविरुद्ध नेपालले हालसम्म २२ खेल खेलेको छ। जसमा पुर्णरुपमा हाबी रहेकाे भारतले नेपालविरुद्ध १५ खेलमा जित हात पारेकाे छ भने ५ खेल बराबरी खेलेकाे छ । दुई खेलमा भने नेपाल विजयी भएकाे छ । यसै प्रतियाेगिताकाे लिग चरण‍काे खेलमा पनि भारतसँग नेपाल १-० ले पराजित बनेकाे थियाे।

नेपाली टोलीको मुख्य खेलाडीको रुपमा अघि बढेका अन्जन विष्ट भने आजको खेल खेल्न नपाउने भएका छन्। भारत र बंगलादेशविरुद्धको खेलमा १-१ गरी दुईवटा पहेंलो कार्ड पाएपछि अन्जनले आजको खेल गुमाउन लागेका हुन्। जारी प्रतियोगितामा दुई गोल गरिसकेका अन्जनको अनुपस्थितिले आजको फाइनल खेलमा नेपाललाई घाटा हुन सक्ने अनुमान गरिएको छ।

नेपाल र भारतको पुरुष राष्ट्रिय फुटबल टोलीबीच २८ वर्षपछि फाइनल खेल तय भएको हो । सन् १९९३ मा बंगलादेशमा भएको छैटौं सागमा नेपाल र भारतबीच स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । जसमा नेपालले बाजी मारेको थियो।

नेपाली टिम 
गोलकिपर – किरणकुमार चेम्जोङ (कप्तान), विशाल श्रेष्ठ,  दीप कार्की
डिफेन्डर –  दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, रोहित चन्द
मिडफिल्डर – तेज तामाङ, सुजल श्रेष्ठ, सन्तोष तामाङ, आयुष घलान, कमल थापा, विशाल राई, सुनील बल, सुरज जिउ ठकुरी, नितिन थापा, पुजन उपरकोटी
स्ट्राइकर – नवयुग श्रेष्ठ, मनिष डाँगी, अन्जन विष्ट, सुमन लामा, आशिष लामा