कोपा अमेरिका फुटबल: ब्राजिलले पेरुलाई ४–० ले हरायो।

एजेन्सी := ब्राजिलले कोपा अमेरिकामा पेरुलाई हराएको छ । शुक्रबार समूह बी को खेलमा पेरुलाई ब्राजिलले ४–० ले हराएको हो । ब्राजिलको यो लगातार दोस्रो जित हो ।

ब्राजिलका लागि एलेक्स सान्ड्रोले १२ औं मिनेटमा पहिलो गोल गरे । नेयमारले ६८ औं मिनेटमा दोस्रो गोल थपे । तेस्रो गोल भने एरभटन रिबेरोको नाममा रह्यो र उनले खेल सकिन एक मिनेट अगाडि गोल गरे । इन्ज्युरी समयको तेस्रो मिनेटमा रिचार्लिसनले चौथो गोल पनि गरे ।

समूह  ‘बी’ मा लगातार दोस्रो खेलमा जित हात पारेसँगै ब्राजिलले ६ अंक जोडेको छ। दोस्रो स्थानको कोलम्बियाको ४ अंक छ।

शुक्रबार विहान भएको अर्को खेलमा कोलम्बिया र भेनेजुएलाले गोलरहित बराबरी खेले।  यसअघि ब्राजिलले पहिलो खेलमा भेनेजुएलालाई ३-० गोलले हराएको थियो।अब ब्राजिलले समूहको तेस्रो खेलमा कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ।