शान्ति सेनामा योगदान गर्ने राष्ट्रहरुको सूचीमा नेपाल तेस्रो स्थानमा।

काठमाडौं := नेपाल संयुक्त राष्ट्रसंघमा शान्ति सैनिक योगदान गर्ने राष्ट्रहरुको सूचीमा तेस्रो स्थानमा रहन सफल भएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार कूल ५ हजार ६८६ फौजसहित नेपाल तेस्रो स्थानमा रहन सफल भएको हो ।

यसरी योगदान दिनेमा बंगलादेश पहिलो स्थानमा छ भने इथोपिया दोस्रो स्थानमा छ। यस्तै चौथो स्थानमा रुवान्डा रहँदा भारत पाँचौं र पाकिस्तान छैटौं स्थानमा छन्।
शान्ति सेनामा नेपालबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले योगदान दिँदै आएको छ।

 

 

NASpokesperson
@NaSpokesperson
सबैलाई बधाई ! नेपाल संयुक्त राष्ट्र संघमा शान्ति सैनिक योगदान गर्ने राष्ट्रहरुको सूचिमा कुल ५६८६ फौज सहित तेश्रो स्थानमा रहन सफल भएको छ । @APFNepalHQ @NepalPoliceHQ @MofaNepal @UN_Nepal

Image