[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= मलेसियामा पछिल्लो समय कोरोना भाइरस (कोभिड-१९) को माहामारीले संक्रमित हुने र मृत्यु हुने मानिसको सङ्ख्यामा अत्याधिक वृद्धि भएको छ।
हिजो मिति सन् २०२१/०५/ मेय २४ तारिख, सोमबारको दिनसम्ममा कोरोनाले मलेसियामा मर्नेको सङ्ख्या २,३०९
जना पुगेको छ, भने जम्मा संक्रमितको सङ्ख्या ५ लाख १८ हजार ६ सय जना पुगेको मलेसियन स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
लगातार बढ्दै गैइरहेको कोरोना माहामारीलाई मध्य नजरगर्दै मलेसिया सरकारले आवागमन नियन्त्रण आदेश (एमसिओ/३.०) आगामी महिना जुन ७ तारिखसम्मको लागी जारी,लागू गरेको छ।

जारी एमसिओ र कोरोना माहामारीलाई ध्यानमा राखेर मलेसिया सेलाङ्गर स्थित अध्यागमन बिभाग (इमिग्रेशन) को कार्यालय,काउन्टर शाखाहरु आज मेय २५ तारिखदेखि बन्द भएको छ।
बिभागले एक सुचना सार्वजनिक गर्दै मेय २५ तारिख मंगलबारदेखि आगामी महिना जुन ७ तारिखसम्म लागू हुनेगरी बिभागबाट प्रदान गरिदैँ आएको सम्पुर्ण सेवाहरु बन्द गरिएको जनाएको छ।
पासपोर्टमा भिसा रिनियु , घर फिर्ती हुन चाहिने चेक आउट मेमो लगायतको कामकाजको लागी अनलाइन प्रणाली मार्फत बिभागसंग पुर्व अनुमति लिइएका ग्राहक हरुको लागी भने अर्को मिति तोकिने,जारी गरिने जनाएको छ। तर एकदमै अत्यावश्यक कामको लागी भने बिभागले सहयोग गर्ने बताएको छ।




















