काठमाडौं:= इजराइलमा थप पाँच सय नेपाली कामदार पठाउने विषयमा सहमति भएको छ। इजराइलका लागि नेपाली राजदूत अञ्जान शाक्यले थप पाँच सय नेपाली कामदार इजराइल पठाउने विषयमा इजराइलसँग पहल गरेकी हुन्।
यस अघि नेपाल र इजरायल सरकारबीच पाँच सय नेपाली श्रमिक सरकारी संयन्त्र जीटूजी मार्फत रोजगारीमा पठाउने गरी श्रम सम्झौता भएको थियो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका स्रोतका अनुसार अब बस्ने मन्त्रिपरिषद बैठकले इजराइलमा थप पाँच सय कामदार पठाउने विषयमा स्वीकृति दिने छ।
गत माघमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच नेपालका लागि इजरायली राजदूत हनान गोडेर र बैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए। तर सो मागको आवेदन भने खुलाउन बाँकी रहेको छ।
इजरायलको नर्सिङ क्षेत्र (अस्पताल, नसिंग होम, डे केयर सेन्टरहरु) मा नेपालबाट महिला र पुरुष गरि सहायक कामदारहरु पठाउने सम्बन्धि कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर भएको थियो।




















