छापामारीको क्रममा नेपालीसंगै २०५ जना अबैधानिक विदेशी कामदार पक्राउ।

क्वालालम्पुर (मलेसिया):= मलेसियाले अबैधानिक हैसियतमा बसिरहेका विदेशी कामदारहरुलाई पुनः छापामारी गरि धरपकड,पक्राउ गर्न थालेको छ।

पछिल्लो समय मलेसियामा कोरोना संक्रमण कम हुँदैगैइरहेको अवस्थामा राजधानी क्वालालम्पुरमा पर्ने पुडु भन्ने ठाउँमा अवस्थित एक अपार्टमेन्टमा अध्यागमन बिभाग (ईमिग्रेशन) द्वारा यहीँ मार्च ५ तारिख , शुक्रवार रातीको समयमा गरिएको छापामारी,धरपकडको क्रममा २०५ जना अबैधानिक विदेशी कामदारहरु पक्राउ परेको मलेसियन अध्यागमन बिभागले एक प्रेस बिज्ञप्ति जारी गर्दै जनाएको हो।

सो अपार्ट्मेन्टमा भारी सङ्ख्यामा स्वदेशी संगै इन्डोनेसिया,म्यानमार,नेपाल,बङ्गलादेश लगायतको देशको विदेशी कामदार,नागरिकहरु बसोबास गर्दै आईरहेका थिए।

अपार्टमेन्टमा बसोबास गर्ने स्वदेशी नागरिकहरुले यहाँ भारी सङ्ख्यामा अबैधानिक विदेशी कामदारहरु बसोबास गर्ने गरेको सुचना अध्यागमन बिभागलाई दिइएको आधारमा बिभागले छापामारी गरेको स्थानीय सञ्चारमाध्यम बेरनामाले समाचारमा उल्लेख गरेको छ।

छापामारी,चेकजाँचको क्रममा पक्राउ परेका ४२५ जनामध्य २०५ जना विदेशी कामदारहरु संग बैधानिक कानुनी कागजात नरहेको भन्दै बिभागले पक्राउ गरेर चेल चलान गरेको छ। पक्राउ परेका ती विदेशी नागरिकहरु २० देखि ४९ बर्ष समुहको रहेको छ।

photo source : malaysia gazette