क्वालालम्पुर ( मलेसिया ):= दुर्घटनामा परेर गम्भिर घाईते भएका पाँचथरको फाल्गुनन्द गाउँपालिका ७ आङसराङ का प्रतिक आङदेम्बेलाई उपचारको निम्ति सहयोग प्रदान गरिएको छ।
झापाको विर्तामोड स्थित बिएण्डसी हष्पिटलमा उपचाररत आङदेम्बेलाई शुक्रबार अस्पतालमै गएर फाल्गुनन्द एकता समाज मलेशियाको पहलमा ३ लाख ५५ हजार ६ सय रुपैया रकम सहयोग गरिएको हो।
फाल्गुनन्द एकता समाज मलेशिया का सस्थापक संरक्षक तथा मलेशियाका सफल ब्यबसायी कृष्ण बहादुर आङ्देम्बे, समाजका संयोजक सन्तोष रिजाल, लक्ष्मण आङ्देम्बे, मिक्साहा चेम्जोङ,अमृत थापा, प्रेम पाण्डे, बुद्धि आङ्देम्बे,कैलाश आङ्देम्बे, जगत आङ्देम्बे, गोपाल चेम्जोङ, तेज आङ्देम्बे सुरेन्द्र आङ्देम्बे र दिपक थापा, भिम आङ्देम्बे, कुमार सावा, लक्ष्मि माङ चेम्जोङ,सन्त आङ्देम्बेहरुको सक्रियतामा रकम संकलन गरिएको थियो।
समाजसेवी लावाहाङ चेम्जोङ,धन बहादुर पन्धाकको उपस्थितिमा रकम हस्तान्तरण गरिएको हो।
त्यसै गरि साउदी बाट प्रकाश चेम्जोङले ६ हजार रुपैया,साइप्रस बाट मन कुमारी साम्पाङ राईले २ हजार रुपैया प्रदान गनुभएको छ।




















