NRNA क्षेत्रीय समिती जोहोर बारु मलेसिया ले सहयोगार्थ भलिबल खेल खेलाउने ।

तिलोचन गौतम
जोहोर बारु मलेसिया

गैर आवासिय नेपाली संघ क्षेत्रीय समिती जोहोर बारु मलेसिया ले यही आउँदो सन 2020 जनवरी 25 र 26 गते पर्न गएको चाइनिज नया बर्षको छुटिलाई मध्यनजर गर्दै मलेसिया ब्यापी सहयोगार्थ खुल्ला भलिबल प्रतियोगिताको आयोजना मलेसिया को जोहोर बारु देसा चेम्बर्लाइन् बलाई पुलिस चौकी अगाडीको खेल मैदान मा जनवरी को 25 र 26 मा गर्ने भएको छ ।

सन 2017/12/24 तारिख गठन भएको गैर आवासीय नेपाली संघ NRNA क्षेत्रीय समिती जोहोर बारु मलेसिया गठन भएको थियो र गठन प्रश्चात मलेसिया भरी छरिएर रहेका नेपाली दाजुभाइ दिदिबहिनी हरु को समस्या मा एउटा छुट्टै वखती को रुपमा काम गरिएको छ र यश संस्थाले विभिन्न कारण जेल परेका थुप्रै नेपाली लाई टिकट तथा उपलब्ध गरि नेपाल फर्काउने काम मा पनि एकदमै अतुलनीय सहयोग पुर्याउदै आइरहेको छ र नेपाली राजदुतावास क्वालालम्पुर सग सहकार्य गर्दै नेपाली श्रमिक दाजुभाइ दिदिबहिनी हरु का समस्या समाधान गर्दै आइरहेको अवगत नै छ साथै यश संस्थाले नेपाल मा प्रकृति पर्कोप बाट बिडित हरु माझ पनि सहयोग अभिनय नै संचालन गरि सहयोग पुर्याको थियो ।

त्यसै गरि जहाँ जहाँ नेपाली दाजुभाइ दिदिबहिनी हरु मा समस्या पर्छ त्यहाँ त्यहाँ थोरै भए पनि सहयोग पुर्याउने उद्देश्यले सन 2020 जनवरी 25 र 26 तारिख पर्न गएको चाइनिज नया बर्षको छुटिलाई मध्यनजर गर्दै मलेसिया ब्यापी सहयोगार्थ खुल्ला भलिबल प्रतियोगिताको आयोजना हुने गैर आवासिय नेपाली संघ क्षेत्रीय समिती जोहोर बारु मलेसिया का सचीव अर्जुन सिहं अनुरागी ले बताउनु भएको छ । र उक्त कार्यक्रम मा दर्ता शुल्क Rm 801 (आठ सय एक रिङ्गेट) रहने छ भने फस्ट पुरुस्कार Rm 8000 (आठ हजार रिङ्गेट ) दोस्रो पुरुस्कार पुरुस्कार Rm 4000 (चार हजार रिङ्गेट ) र यसैगरी तेस्रो पुरुस्कार Rm 2000 (दुई हजार रिङ्गेट ) रहने भएको छ र साथमा उत्कृष्ट तीन जना लाई र अनुसासन मा एक जना लाई समेत पुरुस्कार को ब्यवस्था गरिएको छ । र पुरुस्कृत सम्पूर्ण खेलाडी हरु लाई प्रमाणपत्र का साथै मेडल को पनि ब्यवस्था गरिएको छ ।

यो कार्यक्रम कुनै ब्यक्ति को लागि नभएर तपाईं हामी सबैको साझा संस्था गैर आवासिय नेपाली संघ क्षेत्रीय समिती जोहोर बारु मलेसिया को हो र यश बाट आएको रकम मलेसिया मा अठ्यारो मा परेका लाई सहयोग गरिने भएको ले गैर आवासिय नेपाली संघ क्षेत्रीय समिती जोहोर बारु मलेसिया ले मलेसिया भरी छरिएर रहनु भएका सम्पूर्ण खेल प्रेमी साथीहरू उपस्थिति भइ उक्त कार्यक्रम लाई भब्य र सभ्य पार्दिन का लागि मलेसिया भरी छरिएर रहेका भलिबल खेल प्रेमी हरुमा सादर अनुरोध गरेको छ ।

आफ्नो टिम दर्ताको को लागि गैर आवासिय नेपाली संघ क्षेत्रीय समिती जोहोर बारु मलेसिया का युवासंयोजक तथा यश कार्यक्रम का ब्यवस्थापक राज बहादु साउँद फो न 011-2662 1769 अध्यक्ष मिम गुरुङ फो न 016-781 1567 मा सम्पर्क गरि अनलाइन बाटै आफ्नो टिम दर्ता गरेर सुरक्षित गर्न सकिने कुरा को आदिकारिक जानकारी प्राप्त भएको छ ।