दक्षिण कोरियाका चर्चित अभिनेता पार्क मीन जेको अल्पआयुमै निधन।

सोल:= दक्षिण कोरियाका चर्चित अभिनेता पार्क मीन जेको निधन भएको छ । ३२ वर्षीय अभिनेताको मृत्यु कार्डियक अरेष्टका कारण भएको बताइएको छ ।

कोरियाली सञ्चारमाध्यमका अनुसार उहाँ चीनमा बिदा मनाउन जानुभएको थियो । त्यहीँ उहाँको मृत्यु भएको बताइएको छ । मृत्युको खबर अभिनेताको परिवार र उहाँको एजेन्सीले सामाजिक सञ्जालमा एउटा पोष्टमार्फत दिएका हुन् ।

जेले कयौं कोरियाली ड्रामा फिल्म र सिरिजमा काम गर्नुभएको छ । उहाँ सबैभन्दा धेरै भने कोरियाली ड्रामा सिरिज ‘आइडलः द कूप’का चर्चित हुनुहुन्थ्यो । यसबाहेक उहाँले लिटल वुमन, नम्बर्स, कोरियन-खितन वार, कल इट लभजस्ता ड्रामामा पनि काम गर्नुभएको छ ।