काठमाडौं := दीपेन्द्र के. खनालको निर्देशनमा बन्न लागेको फिल्म ‘हरिबहादुरको जुत्ता’मा प्रियंका कार्कीको इन्ट्री भएको छ । अभिनेताद्वय हरिवंश आचार्य, प्रकाश सपूत र मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्कापछि प्रियंकाको इन्ट्री भएको हो ।
फिल्मका निर्माता र निर्देशकले प्रियंकासँग कागजी सम्झौता गरेका छन् । प्राप्त जानकारी अनुसार यस फिल्ममा प्रियंकाको सहायक भूमिका हुनेछ । आफैं फिल्म निर्माणको तयारीमा समेत रहेकी प्रियंकाको निर्देशक खनालसँग यो चौंथो सहकार्य हुनेछ ।
यसअघि उनले खनालसँग ‘भिजिलान्ते’, ‘झोले’ र ‘चंगा चेट’मा काम गरेकी थिइन् । फिल्ममा पटकथा तथा संवाद हरिवंश आचार्यको रहेको छ । फिल्मको छायांकन आगामी माघको दोस्रो सातादेखि काभ्रेमा हुने जनाइएको छ ।