काठमाडौं := नेपालको वरिष्ठ पत्रकार किशोर नेपाललाई आदर्श पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले एक लाख एक हजार १११ रुपैयाँ राशीको यो पुरस्कार नेपाललाई प्रदान गर्ने निर्णय गरेको हो ।
शाखाको बिहीबार बसेको कार्यसमितिको बैठकले शनिबार हुने शाखाको २३औं साधारणसभामा शाखाका संस्थापक अध्यक्षसमेत रहनुभएका नेपाललाई यो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
महासंघ काठमाडौं शाखाका सचिव महेश्वर गौतमले काठमाडौं शाखाको शंखरापुर नगरपालिकामा गत ३ र ४ चैतमा बसेको बैठकले सो पुरस्कार स्थापना गर्ने निर्णय गरेको र बिहीबारको कार्यसमिति बैठकले शाखाका संस्थापक अध्यक्ष नेपाललाई यो पुरस्कार प्रदान गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।




















