विदेश जाने नेपालीको संख्या उत्साहजनक बढ्दै, श्रम स्वीकृति लिएर ७ महिनामा ४ लाख बढी विदेशीए।

??????????

काठमाडौं := चालु आर्थिक वर्षको सात महिनामा वैदेशिक रोजगारीमा जान ४ लाख ६४ हजार युवाले श्रमस्वीकृति लिएका छन् । यो संख्या गत वर्षको सोही अवधिमा ३ लाख ५९ हजार ५०५ रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागले सार्वजनिक गरेको गत ७ महिनाको तथ्यांकले यो वर्ष रोजगारीको लागि जानेको संख्या ८ लाख भन्दा बढी हुने देखिन्छ । गत आवमा वैदेशिक रोजगारीमा जान ६ लाख ३५ हजारले श्रमस्वीकृति लिएकोमा चालु आवको ७ महिनामा नै ४ लाख ६४ हजार पुगेको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।