काठमाडौं := ग्यास सिलिन्डर विस्फोट हुँदा कांग्रेस सांसद चन्द्र भण्डारी घाइते हुनुभएको छ ।बुद्धनगरस्थित निवासमा बुधबार राति खाना पकाउन प्रयोग हुने ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद भण्डारी र उहाँका ८६ वर्षीया आमा घाइते हुनुभएको हो।
अहिले उहाँहरूको कीर्तिपुर अस्पतालको आईसीयूमा उपचार भइरहेको उहाँका सहयोगी भुवन भुसालले जानकारी दिनुभयो । भण्डारीको शरीर २५ प्रतिशत र उहाँका आमाको शरीर ७० प्रतिशतभन्दा धेरै जलेको बताइएको छ।
आमालाई बचाउने क्रममा भण्डारीको शरीरमा पनि आगो लागेको थियो । स्रोतका अनुसार भण्डारी र उहाँकी आमा दुवैलाई थप उपचारका लागि भारत लैजाने विषयमा सल्लाह भइरहेको छ ।
चिकित्सकले थप उपचारका लागि भारत लैजान सुझाव दिए आजै उहाँहरूलाई मुम्बई लगिनेछ। कांग्रेस नेता भण्डारी गुल्मी-१ बाट निर्वाचित सांसद् हुनुहुन्छ।




















